अछाममा बाढिले घाइते भएका र पिडीतहरुको उद्धार, राहत दिन सरकारसंग नेता महरको माग


धनगढी : नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवानेता नैनसिंह महरले अछाम जिल्लाको रामारोशन गाउपालिका वडा नम्बर ५ को सैनीबजारमा कैलाश खोलामा आएको बाढिले बगाउदा घाइते भएका र पिडीतहरुको उद्धार, आवश्यक राहत, बेपत्ताहरुको खोजी , उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसंग जोडदार माग गरेका छन् ।
नेता महरले मृतकका परिवार प्रति समवेदना व्यक्त गर्दै वेपत्ताहरुको खोजी, पिडीतहरुका लागि आवश्यक राहत, घाईतेहरूको उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसंग गरेका हुन् ।
नेता महरले बिपत्तिमा परेकालाई सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।
मंगलबार राती करिब १ बजे कैलाश खोलामा आएको बाढीले कैलाश बजारमा पसल बगाउदा १७ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १२ जनाको शव फेला परेको छ भने ५ जना अझै बेपत्ता भएको छ ।