बागबजार-किर्तिपुर सडक चौडा बनाउने प्रक्रिया रद्द


धनगढी : डडेल्धुरा सदरमुकाम बागबजारदेखि किर्तिपुरसम्म सडक चौडा गर्ने बजेट रोकिएको छ । महाकाली राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–५ मा बागबजारदेखि किर्तिपुरसम्मको ३ किमि सडक चौडाईका लागी विनियोजित गरिएको ४४ करोड बजेट प्राबिधिक कारण भन्दै सडक डिभिजन कार्यालय डोटीलेे रद्द गरेको हो ।
बुधबार एक सूचना जारी गर्दै प्राबिधिक महेन्द्र राजमार्ग अन्तर्गत बागबजारदेखि किर्तिपुरसम्मको सडक खण्ड चौडा सम्बन्धि प्राबिधिक कारणले उत्त बोलपत्र रद्द गरिएको जानकारी गरेको हो ।
संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ४४ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । बिनियोजन रकममा टेण्डर प्रक्रिया समेत सम्पन्न भई प्राबिधिक प्रस्ताव मूल्यांकनको चरणमा रहेको तर अहिले रद्द भएको अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रशाद ओझाले बताए । यश क्षेत्रका राजनैतिक दल, ब्यापारीसङ्ग छ्लफल गरेर पुन: काम अगाडि बढाउने पहल गरिने उनले बताए । यसअघि उनले सडकको आर्थिक प्रस्ताव मूल्यांकन भई भदौदेखि काम सुरु हुने बताएका थिए ।
सडक फराकिलो गर्ने प्रक्रिया अगाडि बढेसङ्गै सडक छेउछाउका ब्यापारीले सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । सर्बोच्च अदालतले क्षति पुग्नेलाई उचित मुआब्जा दिई काम अघि बढाउनु पर्ने फैसाला गरेको थियो । अहिले क्षति बेहोर्नेसँग छलफल नै नगरी टेण्डरको प्रक्रियामा गएपछि केही ब्यापारीले फेरि मुद्दा दर्ता गरेका थिए ।
दुई दशकदेखि उत्त सडक फराकिलो बनाउने बहस चल्दै आएको भएपनी राजनैतिक दल चुनावी एजेन्डा बनाउने गरेको स्थानीयले बताएका छ्न । सडक चौडाका लागि गरिएको बजेट बिनियोजनले खुसी भएका स्थानीय रद्द भएसङ्गै निराश भएका छ्न ।
सुदूपश्चिम पहाडी जिल्लाको केन्द्र बिन्दु मानिएको डडेल्धुरा सडक साँघुरो हुँदा बजारको कुरुपसङ्गै दुर्घटनाको जोखिम बढदै गएको छ ।