त्यो रातले निम्त्याएको पिडा

बोलन्या थली | ४ भाद्र २०७७, बिहीबार
त्यो रातले निम्त्याएको पिडा

धनगढी : बुधबार बाबुको मुख हेर्ने पर्वमा छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरे भने टाढा हुनेले बुबालाई फोनमा शुभकामना दिदै थिए, धेरैले सामाजिक सञ्जाल फेसबुकमा बुबाको फोटो पोष्ट गरेर मनाइृरहेका थिए ।
रुबिना साँउदले पनि बुबाको मुख दिन मनाउने सोच बनाएकी थिइन् । तर १४ बर्षिया रुबिनालाई मंगलबारको त्यो रातले नत बुबाको मुख हेर्न पाईन, नत घरका आठ जना सदस्यसंग केहिले भेट्न नहुने गरी छुटिएकी छिन् । सोमबार हजुरआमासंग घरभन्दा माथि बस्दै आएकी हजुरआमाको घरमा बस्दै आएकी थिइन् । बुधबार बिहानमात्र बुबा नन्दबहादुरसहित आमा गंगा, मामा घरको हजुरआमा बीमा, ठुलिआमा जोगा, भाउजु कविता बुढा साउद, दाई रुपेश, नविन, दिदीको छोरी प्राप्तिलाई बाढीले बगाएको खबरले उनीलाई त्यो सपना जस्तो लाग्यो । तर त्यो सपनामा नभएर यथार्थ थियो, मंगलबार राति करिब १ बजेको खोलामा आएको बाढीले नन्दबहादुरको आठ जनाको परिवारसहित १७ जनासंगै पशुचौपाया बगाएर बेपत्ता भएका थिए ।

अहिलेसम्म बेपत्ता १७ जनामध्ये १२ जनाको विक्षिप्त रुपमा शव फेला परेका छन् । उनकी आमा र कान्छो दाईको मात्र शव फेला परेको छ । अन्यको खोजि कार्य भई रहेको छ । परिवारका सातै जना एकै रात गुमाउदाँ उनलाई त्यो पिडाले पिरोली रहेको छ । उनलाई बाच्नु, न मर्नु भएको छ, त्यो रातले निम्त्याएको पिडाले ।

जनाअवजको टिप्पणीहरू