कैलालीमा आज राति १२ बजेदेखि निषेधाज्ञा


कैलाली । कैलालीमा आज राति १२ बजेदेखि लागू हुने गरी भदौ १४ गतेसम्म निषेधाज्ञा गरिएको छ । कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । उनका अनुसार निषेधाज्ञा जारी गरेको अवधिमा सरकारी तथा निजी सवारी साधन, व्यापार व्यवसाय बन्द रहने छन् ।