कैलालीमा बिहिवार रातिदेखि १४ गतेसम्म निषेधाज्ञा


धनगढी : कैलालीमा बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन्। अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ।
यस्तै अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका बाहेक अन्य नीजि तथा सार्वजनिक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।