नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण
बोलन्या थली |
३ भाद्र २०७७, बुधबार
काठमाडौं । नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो ।नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।