निर्वाचन आयोगमा नेकपा एमाले एक सय ३२ औं पार्टी

बोलन्या थली | ३ भाद्र २०७७, बुधबार
निर्वाचन आयोगमा नेकपा एमाले एक सय ३२ औं पार्टी

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप लागेको थियो ।

जनाअवजको टिप्पणीहरू