संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि
बोलन्या थली |
३ भाद्र २०७७, बुधबार
धनगढी : संघीय संसद्का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अछाम क्षेत्र नम्बर २ का बोगटी हाल लतिपुरमा कोठा लिएर बसेका थिए । उनको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकैले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । साउन ३० मा पीसीआर गरेका उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा गएका हुन् ।
नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पीएले पनि स्वाब दिएका थिए । पीएको साउन ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आयो । मंगलबार फेरि जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको उनले बताए ।