बुधबार सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि


धनगढी : सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ३ जना र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेति प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ७१ जनामा गरिएको परीक्षणमा कैलालीको गौरीगंगा नगरपालिका –४ की २५ वर्षीया महिला, गौरीगंगा –९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका –४ की २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
यस्तै डडेल्धुरा प्रयोगशालामा ४ सय ७७ जनामा गरिएको परिक्षणमा डोटीको साइल गाउपालिकाका २, दिपायल सिलगढी नगरपालिकाका २ जनामा र अछामको मेल्लेख गाउपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।