बैतडीमा पहिरोले घर पुरिँदा ४ जना घाइते, उपचारका लागि डडेल्धुरा पठाइयो


धनगढी : बैतडीमा पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन्।
आज बिहान ६ बजेतिर घरभन्दा करीब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उनकी श्रीमति सुन्दरी मडै, छोरीहरु सरस्वती मडै र पार्वती मडै घाइते भएको रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले बताए।
घरभित्र पुरिएका चार जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको उनले बताए।