अछाममा खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुल्यो


धनगढी: अछाममा कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ।
वेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जोगा साउद, नबिन साउद, कबिता बुढा साउद, अमर बहादुर शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाही, बशन्त शाही, गौरि शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान रामारोशन गाउँपालिकाको सान्तडास्थित सैनीबजारमा पसेको बाढीले कम्तीमा पनि ३० पसलहरु बगेको बताइएको छ। १७ जना बेपत्तामध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।