म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ६ जना पक्राउ

बोलन्या थली | ३ भाद्र २०७७, बुधबार
म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ६ जना पक्राउ

धनगढी : म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ६ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

जनाअवजको टिप्पणीहरू