बाढी प्रभाबितहरुको उद्धार गर्न नेपाली सेनाको हेलीकेप्टर अछाम जादै
बोलन्या थली |
३ भाद्र २०७७, बुधबार
धनगढी : अछामको कैलाश खोलामा आएको बाढी प्रभाबितहरुको उद्धार गर्न नेपाली सेनाको हेलीकेप्टर अछाम जादै छ । सुर्खेतबाट नेपाली सेनाको हेलीकेप्टर र उद्धार टोली अछाममा जान लागेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको पहलमा नेपाली सेनाको हेलीकेप्टर सुर्खेतबाट अछामम उद्धारका लागि जान लागेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।
मङ्गलवार देखीको अविरल वर्षा पछि आएको बाढीले रामारोसन गाउँपालिका ५ स्थित सैन बजार कैलाश खोलाले बगाएको छ ।
बाढीले बगाउदा १७ जना बेपत्तामध्ये ६ जनाको शव फेला परेको छ ।