अछाममा बाढीले बगाउँदा ५ जनाको मृत्यु, १२ जना अझै बेपत्ता


धनगढी : लगातार परेको बर्षाले अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाको बाढीले घर बगाउँदा ५ जनाको मृत्यु भएको छ । १२ जना अझै बेपत्ता रहेका छन् ।
वर्षापछि गएराति आएको बाढीले रामारोशन गाउँपालिका ५, सैनीबजारमा रहेका पसलहरु बगाएको थियो । बेपत्ता भएका १७ जना मध्ये ५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरी,स्थानीयहरु उद्दारमा खटिएका छ्न । filephoto