सुदूरपश्चिममा भदौ ७ गते अटबारी पर्वको सार्वजनिक बिदा

बोलन्या थली | ३ भाद्र २०७७, बुधबार
सुदूरपश्चिममा भदौ ७ गते अटबारी पर्वको  सार्वजनिक बिदा

धनगढी –  सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ मा सार्वजनिक बिदा दिएको छ ।२०७७ सालमा दिने सार्वजनिक बिदाको सूचीमा भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ परेकोले सो दिन सार्बजनिक बिदा दिइएको हो ।

बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ ।  २०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले सार्वजनिक बिदा सम्बन्धि गरेको निर्णय अनुसार सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

सोही अनुसार यही भदौ ७ गते प्रदेश भित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरिएको हो ।

अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ। प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिईएको थियो।

 पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ। गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्।

जनाअवजको टिप्पणीहरू