भिडियोमा राष्ट्रिय झन्डा जलाउने ४ जना पक्राउ, अन्य ६ जनाको खोजि


धनगढी : म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउनेमध्येका चार सदस्य पक्राउ परेका छन्।
युट्युवमा भदौ १ गते अपलोड गरिएको उक्त भिडियोमा नेपाली राष्ट्रिय झण्डा जलाएको थियो ।
अन्य ६ जना व्यक्तिहरूको पहिचान भइसकेको र खोजी तीब्र पारिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
मंगलबार पक्राउ पर्ने एक युवती र तीन युवा छन्। तिनीहरूमा क्यामरामेन, भिडिओमा आवाज भर्ने, भिडिओ इडिट गर्ने र भिडिओ लिएर इडिटिङ गर्न जाने व्यक्ति समातिएको प्रहरीले जनाएको छ ।मुख्य अभिनयकर्ताहरू अहिले प्रहरीले खोजीकार्य तिव्र बनाएका छन्।