कानुनमन्त्रीले नै मानेनन् सरकारको नियम


धनगढी : कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै केही महिनाअघि कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको थियो ।
साउन महिना ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको थियो । त्यही अनुसार मास्क प्रयोग नगर्नेलाई कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउने गरियो ।
मास्क नलगाएको आरोपमा पक्राउ गर्दै व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाईयो पनि ।
मंगलबार बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमनको लागि गृहमन्त्री रामबहादुर थापासहित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनि सहभागी रहेका थिए ।
टोलिमा सहभागीमध्ये सुदूरपश्चिमका कानुनमन्त्री शाह बिना मास्क प्रयोग गरि अनुगमनमा देखिए । कानुनमन्त्रीले नै सरकारी नियम नै लागू गरेको देखिएन ।
मङ्गलबार काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टरमार्फत बाजुरा पुगेका थिए।