सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताले भयानक अवस्थामा पुगेका छौ : गगन थापा

बोलन्या थली | २ भाद्र २०७७, मंगलवार
सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताले भयानक अवस्थामा पुगेका छौ : गगन थापा

काठमाडौं, २ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको बताएका छन् ।

मंगलबार कोरोना संक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ८ पेजको ध्यानाकार्षण पत्र बुझाएका हुन । सबैको साथ र सहयोग हुँदाहुँदैपनि सरकार गम्भीर नहुँदा अहिले कोरोना संक्रमणको भयावह अवस्था आएको उनको भनाई छ ।

थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ,‘कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ । तर, महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह/तप्काकाको सहयोग हुँदाहुँदै सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको बताएका छ्न ।

जनाअवजको टिप्पणीहरू