कोरोना कारण ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

बोलन्या थली | २ भाद्र २०७७, मंगलवार
कोरोना कारण ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

काठमाडौ : २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप मृतक ७ जनामा कोरोना पुष्टि भएको हो।

काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष र तनहुँकी एक महिलाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

यीसहित हालसम्म मृत्यु भएका १ सय १४ जनामा कोरोना पुष्टि भएको छ।

जनाअवजको टिप्पणीहरू