डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना पुष्टि
बोलन्या थली |
२ भाद्र २०७७, मंगलवार
डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४६ जनामा संक्रमण देखिएको छ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको हो ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार डोटीको शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का दुई तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।