मुख्यमन्त्री भट्टद्वारा डोटिमा कोरोना परिक्षण प्रयोगशालाको उद्घाटन

बोलन्या थली | २ भाद्र २०७७, मंगलवार
मुख्यमन्त्री भट्टद्वारा डोटिमा कोरोना परिक्षण प्रयोगशालाको उद्घाटन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीमा कोरोना परिक्षण प्रयोगशालाको उद्घाटन गरेका छन् ।    मंगलबार एक कार्यक्रमका बिच  जिल्ला अस्पताल डोटीमा पिसिआर परिक्षण  प्रयोगशालाको उद्घाटन गरेका हुन ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा  जडान गरिएको पिसिआर मेसिनमा डोटी ,अछाम र बाजुरालाई मुख्य प्राथमिकतामा  दिई कोरोना भाइरस कोभिड-१९ को चेकजाँच गरिने जनाएको छ ।  पिसिआर मेसिन जडान गर्न झन्डै १ करोड ५० लाख खर्च भएको छ ।

गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा पिसिआर मसिन सहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो ।

जनाअवजको टिप्पणीहरू