कोरोना संक्रमणबाट कांग्रेसका नेता गिरीको मृत्यु


०२ भदौ,
कोरोना संक्रमित कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।
पाटन अस्पताल ललितपुरमा उपचार गराईरहेका नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको आज बिहान ६ बजे मृत्यु भएको हो ।
श्वासप्रस्वासमा समस्या देखिएपछि कोरोना परिक्षणमा संक्रमण देखिएका बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको हो ।