कञ्चनपुरको डोकेबजारका ठेला व्यापारीहरूको उठ्ठिबास

बोलन्या थली | १ भाद्र २०७७, सोमबार

कञ्चनपुर। कोरोनाको त्रास र भोकमरीको चिन्ता झेलिरहेका कञ्चनपुरको डोकेबजारका ठेला व्यापारीहरूको उठ्ठिबास गरिएको छ । वर्षदेखि भारतको सीमासँग जोडिएको कञ्चनपुरको डोकेबजार क्षेत्रका ठेला–छाप्राहरुमा व्यवसाय गर्दै आईरहेका ५० भन्दा बढी ठेला–छाप्रा सशस्त्र प्रहरीले भत्काएको छ ।

आफूहरूलाई कुनै जानकारी  समेत नदिएर एकलौटी रूपमा आफूहरूका ठेलाहरू भत्काएको भन्दै आक्रोश बनेका छन् । दशगजा क्षेत्रमा पाँच वर्षदेखि ठेला व्यवसायी गर्दै आईरहेकी सीमा विकले गरिखानेलाई प्रशासनले दुर्व्यवहार गरेको बताइन् । उनले भनिन्, ‘पानी, चाउँचाउँ चाउमिन बेच्दै आएकी थिए । अहिले  एका एक आफूहरूको उठ्ठिबास  गरेको दुखेसो पोखिन् ।’

अर्का व्यवसायी राम चौधरीले विगत २०५५ साल देखि ठेलामा नास्ता र फलफूलको व्यापार गर्दै आइरहेको र अहिले आफूहरूलाई कुनै जानकारी नदिई ठेला हटाउनु प्रशासनले दादागिरी देखाएको बताए ।

उनले होटल व्यवसायीका कारण आफूहरूको उठीबास  भएको गुनासो गरेका छन्। यता डोके बजार व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थापाले आफूहरूको यसमा कुनै  संलग्नता नरहेको बताएका छन् ।

उनले ठेला व्यवसायहरूलाई हटाउने सम्बन्धमा आफूलाई कुनै जानकारी समेत नभएको बताए । ठेला हटाउने विषयमा दुई देशको सीमा सुरक्षा बैठकमा सहमती भएको बुझिएको छ । तर ठेला व्यवसायहरूले भने आफूहरूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका छन् ।उनिहरुले प्रशासनले तत्काल आफुहरुको व्यवस्था नगरे कडा आन्दोलमा उत्रिने समेत चेतावनी दिएका छन ।

जनाअवजको टिप्पणीहरू