नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०४ पुग्यो


काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र एक पुरुषको निधन भएको हो । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाकी एक महिलाको मृत्यु भएको जानकारी दिए । हालसम्म मृत्यु हुनेमा पुरुष ८१ जना र महिला २३ जना छन् ।