‘निर्मलालाई न्याय देऊ’ भन्दै प्रधानमन्त्री,नेता,प्रहरीप्रमुखलाई सामाजिक सञ्जालबाट दवाव

बोलन्या थली | ३२ श्रावण २०७७, आईतवार
‘निर्मलालाई न्याय देऊ’ भन्दै प्रधानमन्त्री,नेता,प्रहरीप्रमुखलाई सामाजिक सञ्जालबाट दवाव

धनगढी : बलात्कारपछि गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय नपाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री,नेता प्रहरीप्रमुखलाई दवाब दिन सुरु गरेका छन् ।

विशेष गरी सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकोको आधिकारिक फेसबुक पेजको प्रोफाइल पिक्चरमा कमेन्ट गर्दै निर्मलालाई चाँडो न्याय दिलाउन माग गरेका छन् । उनीहरुले कमेन्ट सेक्सनमा ह्यासट्याग ‘जस्टिज फर निर्मला’ ‘निर्मलालाई न्याय देऊ’ भन्दै कमेन्ट गर्दै सरकारलाई दवाव दिन सुरु गरेका छन् ।

त्यसैगरी कमेन्टमै निर्मला तस्वीरसहितको ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेको पोष्टर पनि कमेन्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको चर्चित ग्रुप ‘एमआरआर’ का सदस्य युवाहरुले निर्मला हत्याकाण्ड सेलाउन लागेको र सरकारले पनि यसलाई सुल्झाउन वेवास्ता गर्दै गएकाले पुनः ध्यानाकर्षण गराउन सुरु गरेका कमेन्ट अभियानमा अन्य धेरै फेसबुक प्रयोगकर्ताले सहभागिता र ऐक्यवद्धता जनाइरहेका छन् ।

अहिलेसम्म २ लाख बढीले कमेन्ट गरिसकेका छन् ।

२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

जनाअवजको टिप्पणीहरू