सुदूरपश्चिममा ४९९४ जना कोरोना संक्रमित,४२०२ जना डिस्चार्ज
बोलन्या थली |
३२ श्रावण २०७७, आईतवार
धनगढी :सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप ४५ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप ४५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। उनीहरु सबैलाई अछामबाट डिस्चार्ज गरिएको उनले बताए।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार दुई सय दुई पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६६, अछामका ७ सय १२, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ७७, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।
बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
सुदूरपश्चिममा अहिले सम्म कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ जनामा कोरोना पुष्टि भएको छ।


