स्कुल अफ डेमोक्रेसी नेपालको अमेरिका संयोजकमा डा.लम्साल नियुक्त


धनगढी : स्कुल अफ डेमोक्रेसी नेपालको अमेरिका संयोजकमा डाक्टर सुर्य लम्साल नियुक्त भएका छन् । लम्साल न्युयोर्क अर्थोरेटिका वरिष्ठ इन्जिनियर हुन् ।
स्कुल अफ डिमोक्रेसी नेपालले लोकतन्त्र, मावन अधिकार, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका विषयमा लामो समयदेखि नागरिक तहमा बहस चलाउँदै आएको छ ।
साथै संसारभरका राजनीतिक पार्टी र संघसंस्थाहरुसँग मिलेर काम गर्दै आएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, रोजगारी लगायतका पक्षमा आवाज एकीकृत गर्न संसारसँग नेटवर्क विस्तार गरेको छ ।
देशभर ६७ जिल्लामा र १८ भन्दा बढी देशमा आफ्नो संगठन विस्तार गरिसकेको र तिब्र रुपमा विस्तार गर्ने क्रममा स्कुल अफ डेमोक्रेसीले गत सोमबार सातै प्रदेशका संयोजकको जिम्मेवारी पाउनेहरुमा प्रदेश १ मा बिशाल श्रेष्ठ, प्रदेश २ मा अरुण पञ्जीयार, प्रदेश ३ मा मदनकृष्ण श्रेष्ठ, प्रदेश ४ मा गंगाधर पराजुली, प्रदेश ५ मा जीव नारायण अधिकारी, प्रदेश ६ मा डा.महेन्द्रकुमार मल्ल र प्रदेश ७ मा धर्मदेव भट्ट नियुक्त गरेको थियो ।