कञ्चनपुरमा वडा सदस्यमाथि आक्रमणको प्रयास


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले वडा सदस्यमाथि आक्रमणको प्रयास भएको शनिवार विज्ञप्ति जारी गर्दे जनाएको छ। वडा नम्बर ६ की दलित महिला वडा सदस्य आशा ताम्राकारमाथि आक्रमणको प्रयास भएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शुक्रवार राती १० र ११ बजे गरी दुई पटक सोही वडास्थित मौरिफाँटा निवासी दीपक ओड, कालु ओड लगायतको समूहले वडा सदस्य ताम्राकारलाई गालीबेईज्जती गरी हातपातको प्रयास गरेको भन्दै नगरपालिकाले कारबाहीका लागी प्रहरी प्रशासनलाई अनुरोध गरेको छ।
यता प्रहरीले वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीका अनुसार २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको जनाएको छ ।हातपातको प्रयास गर्ने अर्का भने फरार छन ।