स्ट्रेट पव्सद्वारा छाडापशु चौपायालाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
स्ट्रेट पव्सद्वारा छाडापशु चौपायालाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु

धनगढी  : धनगढीमा ‘स्ट्रीट पव्ज’ले छाडापशु चौपाया, सडक कुकुरलाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु भएको छ । सडक दुर्घटना न्युनिकरणका लागि स्ट्रेट पव्सले छाडापशु चौपाया, सडक कुकुरलाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु गएको हो ।

रातिको समयमा छाडा पशु चौपाया, सडक कुकुरका कारणले सडक दुर्घटना हुने जोखिम रहेकोले स्ट्रेट पव्स परिवारले लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु गरेको स्ट्रेट पव्सकी सन्चालक रितिका गुरुङले जानकारी दिईन । यो अभियान धनगढी क्षेत्रमा रहेका छाडापशु सडक कुकुरमा सो बेल्ट बाध्ने बताईन ।

सामाजिक कार्यहरुमा सक्रिय बनेकी रितिका धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३, चटकपुर आफनै निवासीमा `स्ट्रीट पव्ज’ संस्था सन्चालन गरेर वेवारिसे कुकुरका लागि आस्रयसङ्गै बिरामी कुकुरको उपचारमा खटिएकी छिन ।

जनाअवजको टिप्पणीहरू