मुख्यमन्त्रि भट्टद्वारा बाढी प्रभाबित क्षेत्रको अनुगमन

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
मुख्यमन्त्रि भट्टद्वारा बाढी प्रभाबित क्षेत्रको अनुगमन

धनगढी, ३० साउन । सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गर्नु भएको छ । मुख्यमन्त्रि भट्टले आज बाढी प्रभाबित क्षेत्र भजनी, जोशिपुर लगाएका बाढी प्रभाबित क्षेत्रमा अनुगमन गर्नु भएको हो ।

बाढीमा ज्यान गुमाएको परिवारसङ्ग भेटघाट ,बाढीबाट प्रभावित क्षेत्रका पीडित जनताहरुको अवस्था, बाढीले गरेको क्षति, कृषिमा भएको क्षति रनदि कटानको अवस्थाको बारेमा निरिक्षण तथा अनुगमन गरेको बताईएको छ ।

मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका छन । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । त्यस्तै संघिय सरकारलाई समेत सहयोग गर्न आफुहरुले पहल गर्ने जानकारी दिए ।

जनाअवजको टिप्पणीहरू