युवानेता महरको ४ बुदेँ सुझाव,आउदो चुनावमा कांग्रेसमा २५ लाख मतदाता थप्न सकिने

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
युवानेता महरको ४ बुदेँ सुझाव,आउदो चुनावमा कांग्रेसमा २५ लाख मतदाता थप्न सकिने

काठमाडौ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता नैनसिंह महरले आउदो निर्वाचनमा सम्म थप २५ लाख मतदाता जोडेर पार्टीलाई करोडौं जनताको आशा, भरोसा र विश्वासको केन्द्र वनाउने महान अभियानको थालनी गर्नुपर्ने जोड दिएका छन् । 

युवा नेता महरले नेविसंघलाई वैधानिक संरचना भित्र ल्याएर ७५ पदाधिकारी सहित ३ सय ५१ को केन्द्रीय समिति बनाउनुपर्ने, नेपाल तरुण दल २ सय ५१ को केन्द्रीय समिति बनाउनुपर्ने,  नेपाल महिला संघ २ सय १ को केन्द्रीय समिति बनाउनुपर्ने लगायतका ४ बुदेँ सुझाव पेश गरेका छन् ।

७ सय ५३ वटै पालिकाको  कुनै बाट नेविसंघ, कुनै बाट तरुण दल र कुनै बाट महिला संघको केन्द्रीय पदाधिकारी वा सदस्य राखेर, प्रशिक्षित समेत गर्दै, आफ्नो वर्गीय संगठन संगै आआफ्नो पालिका भित्रको स्कूल, कलेजमा नेविसंघको संगठन बनाउने स्वायत्त अधिकार दिनुपर्ने उनको भनाई छ । 

नेता महरले सामाजिक संजाल फेसबुकमार्फत ४ बुदे सुझाव दिएका हुन,-

नेपाली काँग्रेस जनताको शशक्त पार्टी बनाउनु छ।नैतिकत धरातल सहितको राजमार्ग अझ फराकीलो पारेर आउदो निर्वाचन सम्म २५ लाख थप मतदाता जोडेर र करोडौं जनताको आशा,भरोसा र विश्वासको केन्द्र वनाउने महान अभियानको थालनी गर्नु पर्ने छ।यसका लागी,
१. नेविसंघ लाई वैधानिक संरचना भित्र ल्याएर ७५ पदाधिकारी सहित ३ सय ५१ को केन्द्रीय समिति बनाउनु पर्छ ।
२. नेपाल तरुण दल २ सय ५१ को केन्द्रीय समिति बनाउनु पर्छ ।
३. नेपाल महिला संघ २ सय १ को केन्द्रीय समिति बनाउनु पर्छ ।
४. तिनै संगठनको १ सय १५ सदस्यीय प्रदेश समिति बनाउनु पर्छ ।
अनी,
७ सय ५३ वटै पालिकाको  कुनै बाट नेविसंघ,कुनै बाट तरुण दल र कुनै बाट महिला संघको केन्द्रीय पदाधिकारी वा सदस्य राखेर, प्रशिक्षित समेत गर्दै ,आफ्नो वर्गीय संगठन संगै आआफ्नो पालिका भित्रको स्कूलर कलेजमा नेविसंघको संगठन बनाउने स्वायत्त अधिकार दिनु पर्छ । त्यस पछि २५ लाख नयाँ मतदाता काँग्रेमा थप्न सकिन्छ ।यो काँग्रेस निर्माण गर्ने साझाँ अभियानमा सवैको साथ सहयोग हुनु पर्छ  ।’

जनाअवजको टिप्पणीहरू