सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  पाँच हजार नजिक

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या  पाँच हजार नजिक पुगेको छ। आज प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भए सगै  संक्रमितको संख्या चार हजार नौँ सय ७९ पुगेको  हो ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा आज थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुुसार स्टार अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप एक जनामा संक्रमण पुष्टि भएको छ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएका परिक्षणमा ४ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८८९ नमुनामध्ये ४ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।  अस्पतालका सुचनाअधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आज संक्रमण देखिएका सबै जना अछामका रहेका छन ।

उनले एक महिला र ३ पुरुषमा संक्रमण देखिएको जानकारी दिए । अछाम जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ७ का एक महिला र एक पुरुष, वडा नम्बर ५ का एक पुरुष र मंगलसैन वडा नम्बर ७ का एक पुरुष गरी ४ जनामा संक्रमण देखिएको हो ।

उता डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा बझाङका बित्थडचीर गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । 

जनाअवजको टिप्पणीहरू