चुरे गाउँपालिकाका सव-इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
चुरे गाउँपालिकाका सव-इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको चुरे गाँउपालिकाका सव–इन्जिनियर चन्द्रदेव भट्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भट्टले कृषि सडक निर्माण गरी भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टी भएपछि अख्तियारले उनी विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ। दायर गरिएको मुद्दामा भट्टसँग २० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

सव–इन्जिनियर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनी माथि निगरानी राखेको थियो।

निगरानी राख्ने क्रममा केही दिने अघि कञ्चनपुरबाट खटिएको अख्तियारको टोलीले भट्टलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

अनुसन्धानको सिलसिलामा उनले घोडथर सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इष्टिमेट, नापजाँच तथा मूल्याङ्कन लगायतका काम गरी दिएबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणित हुन आएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

जनाअवजको टिप्पणीहरू