सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका ४ जनामा कोरोना पुष्टि


धनगढीः सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोशगालामा गरिएको परीक्षणमा अछामका ४ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ८ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।