नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ।
शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलल महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो।
कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्।

कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ।
यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो।

जनाअवजको टिप्पणीहरू