मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्तिलाई कारबाही

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्तिलाई कारबाही

काठमाडौं ।
सरकारले मास्क प्रयोग नगर्ने ४ लाख १९ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।  सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मास्क प्रयोग नगर्ने ४,१९,५३८ जनालाई नियन्त्रणमा लिएर ३,५४,५८३ सम्झाई बुझाई छाडिएको र ३९,५०७ जनालाई मास्क वितरण गरी सम्झाई बुझाई गरेर छाडिएको जनाईएको छ । त्यस्तै २५,२०७ जनालाई भने जरिवाना तिराईएको छ 

जनाअवजको टिप्पणीहरू