कालीकोटमा पहिरोमा परी ज्यान गुमाएका ६ जनाकै सनाखत

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
कालीकोटमा पहिरोमा परी ज्यान गुमाएका ६ जनाकै सनाखत

३० साउन, सुर्खेत । कालीकोटमा गएको पहिरोले पुरेर ज्यान गुमाएका एकै परिवारका ६ जनाकै सनाखत भएको छ ।

महावै गाउँपालिका-३, नकुमा बिहीबार राति १२ बजे राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

त्यस्तै राजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको उनले बताए ।

जनाअवजको टिप्पणीहरू