सिन्धुपाल्चोकमा पहिरोमा परि ३८ जना बेपत्ता,८ जना गम्भिर घाईते

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
सिन्धुपाल्चोकमा पहिरोमा परि ३८ जना बेपत्ता,८ जना गम्भिर घाईते

काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परि ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन् ।

जनाअवजको टिप्पणीहरू