आज देशका यी स्थानमा ठुलो पानी पर्ने, यस्तो छ मौसम


काठमाडौं । आज शुक्रबार देशका केही स्थानमा बदली भई हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेको छ ।
आज दिउँसोपछि देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ र कर्णाली प्रदेशकाका केही स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।