सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ वटा घर पुरिए, ५ घरका सदस्य सम्पर्कविहीन
बोलन्या थली |
३० श्रावण २०७७, शुक्रबार
साउन ३०,
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।
भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो । हेलिकप्टरबाट बेपत्ताको खोजि र उद्धार गर्ने तयारी भैइरहेको वडा अध्यक्षले जानकारी दिए । file photo