कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु

बोलन्या थली | ३० श्रावण २०७७, शुक्रबार
कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु

३० साउन,

विराटनगर स्थित कोशी अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहाको विष्णुपुर गाउँपालिका – १ का पुरुषको उपचारकै क्रममा बिहीबार बेलुका साढे सात बजे मृत्यु भएको हो ।

कोशी अस्पतालका आइसोलेसन इन्चार्ज डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनलाई टाइफाइड साथै ज्वरो खोकी श्वासप्रश्वासमा समस्या र रगतको कमी भएको थियो ।

गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । 

जनाअवजको टिप्पणीहरू