सुदूरपश्चिममा बिहीबार प्रहरीसहित १० जनामा कारोना संक्रमण

बोलन्या थली | २९ श्रावण २०७७, बिहीबार
सुदूरपश्चिममा बिहीबार प्रहरीसहित १० जनामा कारोना संक्रमण

धनगढी – सुदूरपश्चिममा बिहीबार तिन जना प्रहरीसहित १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ८ र डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सेति पूादेशिक अस्पतालमा प्रयोगशालामा पछिल्लो २४ अवधीमा ४ सय ७९ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्बर–१ का ३, साँफेबगर नगरपालिका अछामका २ तथा लम्की चुहा नगरपालिका, भिमदत्त नगरपालिका कञ्चनपुर र शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका एक एक जनामा कारोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनले धनगढी उपमहानगरपालिका १ का ४२, ४२ र ४४ बर्षीय प्रहरी कर्मचारी रहेको जानकारी दिए ।

यस्तै डडेलधुरा अस्पतालका इन्चार्ज इश्वरी भूषलका अनुसार डडेल्धुरा अस्पतालमा ४ सय ७९ जनाको स्वाव परिक्षण डोटीका दिपायल सिलगढी नगरपालिकका एक पुरुष र बैतडीको सिगास गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

जनाअवजको टिप्पणीहरू