नेपालमा विहिबार थप ५२५ जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहिबार ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । २४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।