करारबाट कर्मचारी भर्ना प्रक्रियालाई रोक्न माग गर्दै नेवि संघ डडेल्धुराद्वारा विरोध
बोलन्या थली |
२९ श्रावण २०७७, बिहीबार
डडेल्धुरा: सरकारले लोक सेवा आयोगबाट नभइ करारमा कर्मचारी भर्ना प्रक्रियालाई रोक्न माग गर्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले विरोध गरेको छ। सरकारले लोकसेवा आयोगबाट रोकेर २ हजार १५ वटा करार दरबन्दी स्विकृत गरी आफ्ना कार्यकर्ताको भर्ती केन्द्र गर्न लागेको भन्दै नेविसंघ डडेल्धुराले विरोध गरेको हो।
बिहिबार नेविसंघ डडेल्धुराले बसपार्कदेखि भीमदत्त चोकसम्म विरोध र्यालीको आयोजना गर्दै चोकमा कोणसभा सम्पन्न गरेको छ। ओली सरकारले लोक सेवा आयोगबाट स्वतन्त्र,निश्पक्ष र क्षमतावानलाई प्रतिस्पर्धाबाट ल्याउनु पर्नेमा नातावाद, क्रिपावाद र चाकडीवादलाई प्रोत्साहन दिएको आरोप लगाएका छ्न । बिरोध र्यालीमा नेविसंघका कार्यकर्ताले करार कर्मचारी भर्ना प्रक्रिया तत्काल रोक्नुपर्ने र लोकसेवा आयोगबाट मात्र कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउनुपर्ने माग गरेका छन्।