सुनको मूल्य तोलामा २४ सय बढ्यो, तोलाको कति ?

बोलन्या थली | २९ श्रावण २०७७, बिहीबार
सुनको मूल्य तोलामा २४ सय बढ्यो, तोलाको कति ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२१० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार १२९५ रुपैयाँमा कारोबार भएको हो ।

जनाअवजको टिप्पणीहरू