प्रहरीको लापरबाहीका कारण हिरासतमै मृत्यु भएको भन्दै स्थानीयद्वारा प्रहरी चौकी घेराउ

बोलन्या थली | २९ श्रावण २०७७, बिहीबार
प्रहरीको लापरबाहीका कारण हिरासतमै मृत्यु भएको भन्दै स्थानीयद्वारा प्रहरी चौकी घेराउ

धनगढी: प्रहरीको लापरबाहीका कारण हिरासतमै मृत्यु भएको भन्दै धनगढी उपमहनगरपालिका–१९ मा रहेको बौलिया प्रहरी चौकी लाई स्थानीयहरुले घेराउ गरेका छन् । बुधबार प्रहरी हिरासतको शौचालयमा एक जना घाटी रेटिएको अवस्थामा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका ४५ वर्षीय अमरबहादुर चन्द मृत फेला परेका थिए ।

स्थानियले दोषीलाई कार्यवाही माग गर्दै प्रहरी चौकीमा नारावाजी गरि रहेका छन । चन्दका परिवारले घाटी रेटिएको अवस्थामा भेटिएको भन्दै प्रहरीको भूमिकामाथि आशंका गरेका छन् । प्रहरी चौकीमा बाक्लो रुपमा सुरक्षा खटाएको  छ ।

घटनाको अनुसन्धान गर्न सुप सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न छानविन समिति गठन गरिएको छ ।

जनाअवजको टिप्पणीहरू