कैलालीको गेटा मेडिकल नजिकै मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत
बोलन्या थली |
२९ श्रावण २०७७, बिहीबार
धनगढी : कैलालीको गेटा मेडिकल नजिकै मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका पुरुषको सनाखत भएको छ।
मोटरसाईकल दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ८ का खेम साकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए।
बिहिबार बिहान से ६ प ३३८९ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गेटा मेडिकल नजिकै दुर्घटनामा भएको थियो ।


