महेन्द्रनगरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

बोलन्या थली | २९ श्रावण २०७७, बिहीबार
महेन्द्रनगरमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगर बजारको सब्जीमण्डी रोड क्षेत्रमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । बुधबार राति २ बजे भेटिएको सब्जीमण्डी रोडको भानु पार्टी प्यालेश नजिक झोलाभित्र राखेर छाडिएको अवस्थामा बम भेटिएको थियो । बम भेटिएको क्षेत्रमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ ।

अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

जनाअवजको टिप्पणीहरू