धनगढी : कैलालीको गेटा मेडिकल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बोलन्या थली |
२९ श्रावण २०७७, बिहीबार
धनगढी : कैलालीको गेटा मेडिकल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहिबार बिहान से ६ प ३३८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मृतकको सनाखत हुन नसकेको कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए। अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलि पुगेको छ ।