डा.केसिको प्रेरणादायीक स्टाटस; ‘जति सादा जिवन,त्यति नै जिउन सहज छ’

बोलन्या थली | २८ श्रावण २०७७, बुधबार
डा.केसिको प्रेरणादायीक स्टाटस; ‘जति सादा जिवन,त्यति नै जिउन सहज छ’

धनगढी : डाक्टर गोविन्द केसिले सादा खाना र सादा लुगा लगाएको फोटो सामाजिक संजालमा पोष्ट गर्दै प्रेरणादायीक स्टाटस लेखेका छ्न ।

बुधबार सामाजिक संजालमा डा. केसिले स्टाटस लेखेका छन्,- `दैनिक चलेकै छ, गुजरा भएकै छ । जति सादा जिवन, त्यति नै जिउन सहज छ । शुभ दिन प्रियजन ! नमस्कार सबैमा!!’

नेपालको स्वास्थ्य क्षेत्रमा भएका बिकृती, राजनैतिक पहुचका आधारमा नियुक्ति, दलाली प्रवृत्तिका बिरुद्द पटक पटक अनशन बसि रहदा उनलाई केही राजनैतिक दल, व्यक्तिले पद र पैसाका लागि अनशन बसेको उनलाई आरोप लगाए । १८ औ अनशन स्थगित गरेर बिकटका गरिब जनतालाई नि:शुल्क बिरामिको चेक जाँच गर्दै आएका छ्न ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा,दार्चुला,बाजुरामा स्वास्थ्य क्षेत्र पहुच नभएका गरिब जनतालाई स्वास्थ्य सेवा दिएर यसअघि हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सय स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए । जुम्लाबाट दुई दिन हिँडेर जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगुमा पुगेर स्वास्थ्य सेवा दिईरहेका छ्न । ।

जनाअवजको टिप्पणीहरू